बागलुङ । भ्रष्टचारविरूद्धको आन्दोलनमा सरकारले गरेको बर्बर दमन गरेपछि जेनजी पुस्ताले मंगलबार बागलुङ बन्दको आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित भएको छ । यस अघि सोमबार साँझ लोकतान्त्रिकचोकमा विरोध प्रदर्शन गरेका जेन्जीले बन्दको घोषणा गरेका थिए ।
भ्रष्टचार, असमानता र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन्जीले गरेको देशव्यापी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएको छ । सयौँ घाइते भएका छन् ।
यसैबीच देशभरीका संस्थागत विद्यालय बन्द गर्ने केन्द्रीय निर्णय अनुसार बागलुङका सस्थागत विद्यालय पनि बन्द गरिने भएको छ । आन्दोलनमा विद्यार्थीहरु मारिएको भन्दै शोक र विरोध स्वरुप विद्यालय बन्द गरिएको प्याव्सन बागलुङका अध्यक्ष दल थापाले बताउनुभयाे ।
