• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

बागलुङ नगरपालिका–३ का अध्यक्ष केसीले दिए राजीनामा

बागलुङ । बागलुङ नगरपालिका–३ का अध्यक्ष सनी केसीले पदबाट राजीनामा दिनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत राजीनामा दिनु भएको हो ।

सोमबार आन्दोलनका क्रममा विद्यार्थीसहितका जेनजी युवाहरुलाई सरकारले बर्बरता पूर्वक हत्या गरेको भन्दै आफूले राजीनामा दिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष केसीले भन्नुभयो – “सरकारले नागरिकको आवाजलाई दवाउन खोज्यो, मैले आफू सार्वजनिक पदमा बस्न हुन्न भन्ने लाग्यो, नगरप्रमुखलाई भेटेको छैन, कार्यालय खुल्यो भने राजीनामा बुझाउँछु ।”