म्याग्दी । देशका विभिन्न स्थानमा सुरु भएको जेनजीको आन्दोलनको ऐक्यबद्धता सहित म्याग्दीको बेनीमा पनि युवाहरुले जुलुस निकालेका छन् ।
बेनी बजारको बीरेन्द्रचोकबाट सुरु भएको युवाहरुको जुलुसले बजार परिक्रमा गरि रहेको छ ।
विभिन्न प्लेकार्ड सहित निस्केका युवाहरु पैदल तथा मोटरसाइकलमा जुलुसमा सहभागी छन् । जुलुसको अगाडी र पछाडी सुरक्षाकर्मीहरु हिडिरेको जुलुस अहिलेसम्म भने शान्तिपूर्ण रहेको छ ।
जुलुसमा जिल्ला स्थीत सबै जसो राजनैतिक दलका भातृ संगठनका जिम्मेवारीमा रहेका युवा विद्यार्थीहरु तथा सरकारी कर्मचारीहरु पनि सक्रिय रुपमा समर्थन् सहित रहेका छन् ।
