• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

बागलुङ जिल्ला अदालतका सेवा सूचना प्रकाशित गरेर स्थगित

बागलुङ । बागलुङ जिल्ला अदालत बागलुङले सूचना जारी गर्दै मुद्दाको तोकिएको पेशी स्थगित गरेको छ ।

हिजो भएको आगजनीका कारण अदालतको सर्भर सञ्चालनमा नरहेको, हालको असहज परिस्थितिमा मुद्दाको पक्षलाई अदालत सम्म आउन जान असहज वातावरणको अवस्था रहेको भन्दै पेशिमा रहेका मुद्दाहरूको सुनवाई अर्को सूचना नभएसम्मको लागी स्थगित गरिएको जानकारी गराईएको छ ।

सूचनामा भदौ २४ गतेदेखी तोकिएका तारेख अर्को सूचना प्रकाशित नभएसम्म नगुज्रने र भदौ २४ देखी अर्को सूचना नभएसम्म अन्तिम हदम्याद भएका मुद्दामा हदम्याद नजाने व्यहोरा सबै सेवाग्राही सर्वसाधरणलाई जानकारी गराएको छ । साथै सूचनामा बन्दी प्रत्यक्षिकरण र थुनछेकका कार्य नियमित रुपमा सञ्चालन गरिने व्यहोरा जानकारीको लागी अनुरोध छ ।