म्याग्दी । मंगलबार बेलुकादेखिको वर्षाले गर्दा म्याग्दी सदरमुकाम बेनी जोड्ने जोड्ने सडकहरु अवरुद्ध भएका छन् । बेनी–जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिकाको बैसरीमा पहिरो जाँदा सिधा सवारी सञ्चालन रोकिएको हो ।
पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ तातोपानी स्थित लेतेखोलामा आएको बाढीले सामुदायिक भवन, मन्दिर र एउटा कटेजमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
बेनी नगरपालिका ४ का वडा सदस्य समेत रहनुभएका प्रेमबहादुर श्रीषको होटटल सञ्चालन गरी रहेको उक्त कटेमा रातको समयमा क्षती पुगेको हो । बेनी नगरपालिका–४ का अध्यक्ष अणबहादुर खड्काका अनुसार गंगा होटल, श्रीष कटेज, कृषि उपज संकलन केन्द्र, मन्दिरमा बाढीले क्षति पुगाएको छ ।
