बागलुङ : बागलुङमा बिहीबार विहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले साँझ ६ बजेदेखि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।
बागलुङ जिल्लाका विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञाजारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिनुभयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम बागलुङ जिल्लाभर कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, सभा बैठक गर्न नपाउने गरी निषेधाज्ञाआदेश जारी गरिएको छ ।
उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ । बागलुङमा बुधबार विहानदेखिनै निषेधाज्ञा जारी हुँदै आएको छ ।
