बागलुङ । प्रभावमा आधारित मौसम पुर्वानुमान अनुसार पछिल्लो २४ घण्टामा बागलुङका चार पालिकामा बाढी पहिरोको जोखिम रहेको बताइएको छ ।
आइतबार साँझ ६ बजे देखि सोमबार साँझ ६ बजे सम्म बागलुङको जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकामा बाढी पहिरोको संभावना रहेको जनाइएको छ । जारी बुलेटिन लिष्टमा बाढी पहिरोको मध्यम जोखिम रहेको निसिखोला गाउँपालिका अन्तर्गत वडा नम्बर १,२ खाडु, बाहुनगाउँ ३ ढुङ्गाखानी र ५ , बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङ र पैयुपाटा कालाखोला क्षेत्रमा जोखिम रहेको बताइएको छ ।
यस्तै जैमिनी नगरपालिका १, ६,७, ८, ९ वडाहरु र ढोरपाटन नगरपालिका–७ नम्बर वडामा वर्षाका कारण बाढी पहिरोको जोखिम हुन सक्ने भएको हुँदा खोला छेउछाउ, पहिरोको जोखिम रहेको ठाउँ बसोबास गर्नुहुने सम्पूर्ण नागरिकलाई सतर्कता अपनाइ रहनुहुन साथै बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहुन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।