• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

‘पहिलो पार्टी बनाउनका लागि एमाले लाग्नु पर्छ’

  • २०८२ आश्विन ३, शुक्रबार

म्याग्दी । संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापाले आउँदो निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनका लागि सबै लाग्नु पर्ने धारणा राख्नु भएको छ ।

शुक्रबार बेनीमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा नेकपा एमाले म्याग्दीले आफ्नो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । एमाले पार्टी कार्यालय गत भदौ २४ गते तोडफोड भए पछि संविधान दिवसको अवसरमा कार्यालयमा बोर्ड राखे सँगै संविधान दिवसको कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य नरदेवी पुन, प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, सदस्यहरु देवेन्द्रबहादुर कटुवाल, सुरत केसी, सृजना केसी, अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन खत्रीले बोल्नु भएको थियो । एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोकाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले गर्नुभएको थियो भने स्वागत उपसचिव खड्ग गिरीले गर्नुभएको थियो ।

एमाले म्याग्दीले आयोजना गरेको संविधान दिविस सम्बन्धी कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरु गरी करिब दुई सय जनाको सहभागिता रहेको नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

  • २०८२ आश्विन ३, शुक्रबार