बागलुङ । राष्ट्रिय जनमाेर्चा बागलुङको बुर्तिबाङ बजारमा २ दिने जिल्ला प्रशिक्षण भेला सुरु गरेकाे छ । शुक्रबार नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भेलाकाे सम्बाेधन गर्दै नेपालमा वर्तमान परिस्थिति सृजना हुनुमा अमरेकी साम्राज्यवादको डिजाइन रहेको बताउनुभएकाे छ।
सिंहले नेपालमा यो अवस्था सृजना हुन सक्ने विषयमा आफूहरूले धेरै पटक भनिरहेपनि अचानक देशको अवस्था परिवर्तन हुने गरी आन्दोलन र क्षति भएको बताउनुभयाे । वर्तमान जेनजी पुस्ताले उठाएका मागमा दललाई वर्तमान सरकारमा समावेश नगर्ने विषय गम्भीर रहेको बताउनुभयाे। दललाई बाहिर राख्नका निम्ती कित संविधान खारेज गर्नुपर्यो होइन भने दलविनाको सरकारको औचित्य नहुने उहाँको ठम्याई छ ।
शनिबारसम्म चल्ने प्रशिक्षण मूलक कार्यक्रममा १० वटै पालिकाबाट करिब तीन सय नेता कार्यकर्ताको सहभागिता रहेको मसालले जनाएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्यहरू आनन्द शर्मा, वासु पोख्रेल, नर बहादुर पुन लगायत नेताहरूको प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरीश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव भिमलाल पोख्रेलले गरेका थिए ।
