• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

गलकोट जाँदै गरेको पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

  • २०८२ आश्विन १७, शुक्रबार

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रबार साँझ ५ बजे ताराखोलादेखि गलकोट हटिया जाँदै गरेको पिकअप ग १ ज ६१०० नम्बरको पिकअप गाईघाट नजिकै दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय मिलन परियार र सोही वडाका ४३ वर्षीय वीरबल परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

घाइते मध्ये वीरबल परियार गम्भीर हुँदा गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरेको उहाँको भनाइ छ । अर्का घाइते मिलन परियारको भने गलकोट अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

जीप सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै गलकोटबाट प्रहरीको टोली पुगेर उद्धार गरेको उहाँले बताउनुभयो ।

  • २०८२ आश्विन १७, शुक्रबार