• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

म्याग्दी पुस्तकालयलाई तीन सय थान पुस्तक

  • २०८२ आश्विन २१, मंगलवार

म्याग्दी । म्याग्दी सामुदायिक पुस्तकालयलाई बेनी समाज काठमाण्डौले तीन सय थान पुस्तक उपललब्ध गराएको छ । म्याग्दीको बेनी तथा आसपासका क्षेत्रबाट व्यापार व्यवसाय तथा रोजगारको शिलशिलामा राजधानी काठमाडौंमा पुगेका म्याग्देलीहरुको संस्था बेनी समाज काठमाडौंका पूर्व अध्यक्ष याम श्रेष्ठ, सदस्य महेन्द्र बानियाँले पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

विश्वचर्चित लेखक तथा साहित्यकारहरुका सााहित्यिक तथा विभिन्न विधाका पुस्तक म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । नेपाली तथा अंग्रेजी भाषाका विभिन्न पुस्तकहरु पुस्तकालयले प्राप्त गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा समाजका पूर्व याम अध्यक्ष श्रेष्ठले पुस्तकालयको स्थापना तथा सञ्चालनमा तत्कालिन समयमा खेलेको भूमिकाका बारेमा जानकारी राउनु भएको थियो । उहाँले आगामी दिनमा समेत पुस्तकालयलाई आवश्यक पर्ने पाठ्य सामग्रीहरुका लागि नियमित सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

सोही अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठले पुस्तकालयमा बजारमा प्रकाशित चर्चित पुस्तकहरु मार्फत पाठकलाई आर्कषित गरिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले पुस्तकालयमा धार्मिक, कानुन तथा अन्य विभिन्न विधाका पुस्तक थप्ने, संगीत कक्ष, सभाहल सहितका योजना समेत रहेको बताउनुभयो । पुस्तकालयले आफ्नै बलबुतामा यी सबै कार्य गर्नका लागि केही असहज हुने भएकाले सहयोगीहरुले सहयोग गरररेको खण्डमा चाँडै सम्पन्न हुने उहाँको अपेक्षा थियो ।

म्याग्दी सामुदायिक पुस्तकालयमा अध्ययन गर्नेहरुका लागि शनिबार तथा सार्वजनिक विदाको दिनमा समेत पुस्तकालय खुल्ला रहने गरेको छ । पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकुदका सामग्री सहित विभिन्न विधाका ९ हजारको हाराहारीमा पुस्तकहरु छन् ।

  • २०८२ आश्विन २१, मंगलवार