• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

फर्निचर उद्योगमा पाँच करोड लगानी, ४२ जनालाई रोजगारी

बागलुङ । बागलुङ जिल्लामै फर्निचर व्यवसायबाट ४२ जनाले रोजागारी पाएका छन् । बागलुङ बजारमा १५ वर्षदेखि सेवा दिदै आएको सृष्टी फर्निचर उद्योगले आफ्नो व्यवसायलाई थप विस्तार गरेको छ । सृष्टी फर्निचर उद्योगका सञ्चारक ऋषिराम गौतमका अनुसार १५ औं वार्षिकोत्सवको अवसरमा बागलुङ नगरपालिका–४ सैनिक ब्यारेक नजिकै आफ्नो तीन रोपनी जग्गामा नयाँ सोरुम स्थापना गर्नुभएको छ ।
उहाँले रु. ५ करोड लगानीमा नयाँ सोरुम  सञ्चालनमा ल्याउनुभएको छ ।

उहाँले आफ्नै तीन रोपनी जग्गामा सोरुम बनाउनुभएको छ भने ४२ जनालाई रोजगारी दिनुएको छ । फर्निचर व्यवसायलाई उहाँले धौलागिरीको म्याग्दी, पर्वत संगै काठमाण्डौं सम्म विस्तार गरिसक्नुभएको छ ।

गौतमले व्यवसायमा निरन्तरता, धैर्यता र आत्मविश्वास चाहिने बताउनुभयो । सञ्चालक गौतमले १५ वर्षमा गरेको फर्निचर व्यवसायबाट पाँच करोड लगानी थप गरी बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सोरुम स्थापना गरेको बताउनुभयो ।

“नेपालमै केही गरौं भन्ने छ, १५ वर्ष पहिला सानो लगानीमा शुरु गरेको व्यवसायलाइ विस्तार गरी काठमाण्डौ देखि गलकोटको हटिया सम्म पु¥याएको छु” गौतमले भन्नुभयो “सर्वसृष्टी सप्लायर्स हार्डवयर, घुम्टे डेकोर लगायत काठमाण्डौमा समेत कुर्चीको उद्योग रहेको छ, धैर्यता गर्न सके सफलता पाइनेरहेछ, सानो रकमबाट स्थापना गरको उद्योगमा पाँच करोड लगानी भइसक्यो ।” उपल्लाचौरमा रहेको तीन रोपनी आफ्नै जग्गामा नयाँ सोरुम स्थापना गरिएको र अहिले सम्म ४२ जनालाई रोजगारी दिन सफल भएको बताउनुभयो ।