बागलुङ । बागलुङमा नेपाल सम्वत् ११४६ भव्यताका साथ मनाइएको छ । नेवार समुदायले मंगलबार नयाँ वर्ष (न्हूँ द) सुरू भएको खुसीयालीमा योपर्व मनाएका हुन् ।
सो अवसरमा नेवार जातिको कला, संस्कृति र वेशभूषा झल्कने गीत, नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । कुमारीको भेषमा युवतीसमेत सजिएको थिए । नेपाल सम्वत् स्वागत स्वरूप कार्यक्रम गरिएको हो ।
नेपाल भाषा मंका खल: बागलुङका अध्यक्ष जयराम भारीका अनुसार बागलुङ जेसीजको आयोजनामा बिहान मोटरसाइकल र्यालीनिकालिएको थियो ।
स्थानीयवासी नेपालको मौलिक सम्वत्का रूपमा रहेको नेपाल सम्वत् सुरूवात गर्ने शंघधर शाख्वाको तस्बिर र राष्ट्रिय झण्डासहितर्यालीमा सहभागिता जनाएका थिए ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गराएका थिए ।
‘न्हूँ द’ मूल आयोजक समिति बागलुङको आयोजनामा नारायणचोकमा मूल समारोह आयोजना गरिएको अध्यक्ष भारीले जानकारीदिनुभयो ।
मुल समारोहमा बागलुङ नगपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जुनसुकै समुदायको भाषा, कला र संस्कृति राष्ट्रको साझा सम्पत्तिरहेको बताउदै संरक्षणमा जोड दिनुभयो ।
उहाँले नेपाल सम्वत् पर्वलाईसबै नेपालीको साझा संम्वत् बनाउनको लागि थप अभियान चलाउनु जरुरी रहेको उल्लेख बताउनुभयो ।
कार्यक्रममा नेपाल भाषा मंका खल: बागलुङका पूर्वअध्यक्ष काजी गाउँले श्रेष्ठले नेपाल सम्वत् विषयमा बारेमा जानकारी दिनभएकोथियो ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतन प्रसादमलेपती, शाक्य कल्याण समाज बागलुङका अध्यक्ष बाबुलाल शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।