बागलुङ । बागलुङमा चाडपर्वहरु नजिकिए सँगै बागलुङ जिल्लाका मुख्य नाकामा अतिरिक्त सेवा दिनेगरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडवाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ ।
चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको हो ।
बागलुङको मुख्य प्रवेशद्वार मालढुङ्गामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं तिहार नजिकिएसंगै जिल्ला ट्राफिक कार्यालय बागलुङ परिसमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रु सहायतका कक्षको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै आचार्यले चाडवाडमा यात्रु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । उहाँले यात्रु ठगिएको सामान लुटपाट गरिएको लगायतको विषयमा तत्कालै उजुरी संगै सुनुवाई हुँने बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय बागलुङको परिसर संगै बागलुङको मुख्य प्रवेशद्वार मालढुङ्गा, गलकोटको हटिया बजार र वुर्तिवाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै भाडादरको सूचना बोर्ड सहित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुले सहायता कक्षबाट आफ्नो गन्तव्यको भाडादर हेर्न सकनेछन् । असोज ११ गते आएको बाढीका कारण मालढुङ्गा पुल नबन्दा सम्म यात्रुलाई अतिरिक्त शुल्क लिन सक्ने लगायतको गुनासो यात्रु सहायता कक्षबाट सुनुवाई हुने छ ।
यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको हो ।
जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्यो भने तत्काल समाधान गर्नको लागि कक्षको स्थापना गरिएको प्रसाईले बताउनुभयो । चाडपर्वको समयमा सवारी भाडाका कारण यात्रु ठगिने, सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम कम गर्न सहायता कक्षले राहत दिनेछ ।
सबैभन्दा बढी चाप हुने मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा भित्रिने सवारी साधनको निगरानी र अनुगमन समेत थालिएको छ । चाडबाडका बेला सवारी चाप अत्यधिक हुने भएकोले यात्रु सहायता कक्ष दशैंदेखि, तहार हुँदै छठ पर्वसम्म नै सञ्चालनमा रहने छ ।
जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्यो भने तत्काल समाधान गर्नको लागि कक्षको स्थापना गरिएको प्रसाईले बताउनुभयो । सबैभन्दा बढी चाप हुने मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा भित्रिने सवारी साधनको निगरानी र अनुगमन समेत थालिएको छ । चाडबाडका बेला सवारी चाप अत्यधिक हुने भएकोले यात्रु सहायता कक्ष दशैंदेखि छठ पर्वसम्म नै सञ्चालनमा रहने छ ।