बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामले सन्देशमुलक पदयात्रा सम्पन्न गरेका छन् । अन्नपूर्ण प्रथम आधार शिविरको पदयात्रा गर्दै क्यलबले पर्यटकीय क्षेत्र सफा राख्ने जिम्मेवारी पर्यटकको पनि हो भन्ने सन्देश प्रवाह गरेको हो ।
हिमाली क्षेत्रको वातावरण स्वच्छ राख्न र दिगो पर्यटन प्रवद्र्धनका लागि सरसफाई पदयात्रा सम्पन्न गरेको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारीले बताउनुभयो । आफुले गरेको फोहोर आफै सफा गर्नु पर्छ, पर्यटकीय क्षेत्रको सरसफाईको प्रथम जिम्मेवारी प्रर्यटककै हो उहाँले भन्नुभयो यहि सन्देश प्रवाह गर्न दुई क्लबले संयुक्त पदयात्रा सम्पन्न गरेका हौँ ।
अध्यक्ष राजेश भारीले चार हजार एक सय नब्बे मिटर अग्लो स्थानमा गएर उक्त सन्देश प्रवाह गरेको बताउनु भयो । उक्त पदयात्रामा लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष आशा राजभण्डारी भारी, लियो क्लब अफ धौलागिरि बागलुङका संस्थापक सदस्यहरु नारायण सिंह क्षेत्री, अर्जुन शर्मा, दिसान्त सापकोटा र लायन्स क्लब अफ बागलुङ पञ्चकोटका सचिव विराट पौडेलको पनि उपस्थिति रहेको थियो ।
गत कार्तिक ७ गतेदेखि ९ गतेसम्म बागलुङ, म्याग्दीको तातोपानी, हुङखोला, गुराँसे डाँडा, सादीखर्क, गुफाफाँट हुँदै अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा गरिएको थियो ।
