बागलुङ । लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङ शाखाको २२ औं साधारणसभा तथा ८ औं जिल्ला साधारणसभा सम्पन्न भएको छ ।
८ औं अधिवेसन तथा २२ औं साधारणसभाको उद्घाटन प्रतिष्ठानका केन्द्रिय सह–सचिव तारानाथ आचार्यले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले संस्थाप्रतिको जिम्मेवारीता आवश्यक रहेकोमा जोड दिनुभयो ।
सबैको सहकार्य र एकताबाट मात्र लोक तथा दोहोरी गीत प्रतिष्ठान थप मजबुद हुने बताउनुभयो । आचार्यले संस्थालाई एकताबद्ध ढंगले अगाडी बढाउन सक्ने बताउँदै एकल प्रयासले संस्थालाई चुस्त दुरुस्त र चलायमान बनाउन असहज हुने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेल, प्रतिष्ठानका संरक्षक लक्ष्मण श्री, सल्लाहकार कुमार खड्का, पूर्व अध्यक्ष पूर्ण परियार, प्रतिष्ठान गण्डकी प्रदेशका सहसचिव दिपक पौडेल, सचिवालय सदस्य हरि सुनार, प्रतिष्ठान बागलुङका पूर्व अध्यक्ष किरण थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ र स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष आश्विन शेखले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रथम गण्डकी प्रदेश लोकताराका प्रेम बिक, बागलुङमा छनौट हुनु भएकी ललिता घर्ती र दि डाइनामिक डान्स स्कुलका कलकारहरुको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा अध्यक्ष सरस्वती खड्का परियारले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कल्पना चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष खड्काले संस्थाको प्रगति तथा सांगठनिक प्रतिवेदन प्रस्तुती गरिएको थियो ।
कार्यक्रम अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, प्रथम उपाध्यक्ष शिव शर्माको स्वागत र पत्रकार ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।