बागलुङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा पुनः सरस्वती खड्का परियार सर्वसम्मत चयन हुनु भएको छ ।
प्रतिष्ठानको ८ औ जिल्ला अधिवेसन तथा २२ औ साधारणसभाले खड्का परियारको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन गरेको हो । खड्का परियारलाई ७ औ जिल्ला अधिवेसनले पनि सर्वसम्मत नेतृत्व सुम्पेको थियो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा शिव शर्मा, द्धितीय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्षमा धना सुनार, सचिवमा मनिष कँडेल, कोषाध्यक्षमा कल्पना चालिसे, सहसचिवमा तुलसा थापा र सह कोषाध्यक्षमा हिरा परियार चयन हुनु भएको छ ।

प्रवक्तामा कविता थापा सीता, संगठन बिभाग प्रमुखमा प्रविण सुनार, सदस्यमा प्रतिभा कुँवर, सुनिता बिक, सृष्टी क्षेत्री, ललिता घर्ती, सरस्वती परियार, कल्पना सापकोटा, बिनिता परियार, मिना परियार र तुलबहादुर बिक रहनु भएको छ ।
अधिवेसन तथा साधारणसभाको अवसरमा प्रतिष्ठानलाई हरेक क्षेत्रबाट सहयोग पु¥याएको भन्दै बानपा २ का वडा अध्यक्ष सुरज बोसेल, प्रतिष्ठानका संरक्षक तथा कलकार लक्ष्मण श्री र कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्कालाई सम्मान गरिएको थियो । यसैगरि कार्यसमितिमा रहि उत्कृष्ट काम गरेको भन्दै प्रथम उपाध्यक्ष शिव शर्मा र सहसचिव तुलसा थापालाई सम्मान गरिएको थियो ।