बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले गाउँका आधारभूत अस्पतालका समस्या बुझेर काम गर्नका लागि गाउँ–गाउँ पुग्नुभएको छ । स्थानीयतह मातहत रहेका आधारभुत अस्पतालहरुका गुनासो र समस्याहरु बुझ्न गाउँ–गाउँ पुग्नुभएको छ । स्वास्थ्यको दीर्घकालिन, अल्पकालिन र मध्यकालिन योजना अनुसार अस्पतालहरुको सुधारका लागि स्थालगत अनुगमनमा निस्कनुभएको छ ।
स्वास्थ्यमन्त्री पाठकले पर्वत जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ अन्तरगत रहेका चार आधारभुत अस्पताल र एक आयुर्वेद अस्पतालको अनुगमन गर्नुभएको थियो । मन्त्री पाठकले अस्पतालको समस्या बुझ्न अस्पातलनै पुग्ने लक्ष्य रहेको बताउदै अस्पतालको सुधारका लागि गण्डकी सरकार चिन्तित रहेको बताउनुभयो ।

प्रदेश आयुर्वेद चिकित्सालय फलेवास, महाशिला आधारभूत अस्पताल, बहाकीठाँटी स्वास्थ्यचौकी लगायतका स्वास्थ्य संस्थाको अवस्था बुझ्नुभएको हो ।
अस्पतालहरुमा भौतिक पुर्वाधारको स्थिति, जनशक्ति र औजार उपकरणको अवस्था साथै सेवाग्राहीहरुले भोग्नुपरेका समस्याहरुको बारेमा बिस्तृत जानकारी लिनुभएको छ ।
चारवटै पालिकाका प्रमुख÷उपप्रमुख लगाएतका जनप्रतिनिधिहरु, राजनिती दलका प्रतिनिधिहरु, अस्पताल व्यवस्थापकहरु र अस्पतालहरुमा कार्यरत कर्मचारी तथा सरोकारवालाहरु समेतको उपस्थिति र सहभागीतामा मन्त्री पाठकले समस्याहरुको पहिचान गर्नुभएको हो ।
स्थानीयतह मातहत संचालित स्वास्थ्य संस्थाहरुलाई प्रदेश सरकारले जनशक्ति, औजर उपकरण र भौतिक पुर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । स्थानियतह मातहतका उक्त स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरीक्षण भ्रमणमा पर्वत जिल्ला प्रदेश १ का सांसद एवं गण्डकी प्रदेश सरकारका उध्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल समेतको सहभागीता रहेको थियो ।