• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

धौलागिरि एफएमले त्रिदिवसीय रुपमा बार्षिकोत्सव मनाउने

  • २०८२ कार्तिक २४, सोमबार

बागलुङ । धौलागिरिको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफए बागलुङले २१ औ बार्षिकोत्सव बिभिन्न त्रिदिवसीय कार्यक्रमका साथ मनाउने भएको छ ।

२०६१ साल कार्तिक २७ गते धौलागिरिकै पहिलो बिद्युतीय संचार माध्यमको रुपमा स्थापना भएको एफएफले २१ बर्ष पुरा गरि २२ बर्ष प्रवेशको अवसरमा त्रिदिवसीय कार्यक्रम गर्ने भएको हो ।

एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा बसेको बैठकले कार्तिक २५, २६ र २७ गते बिभिन्न कार्यक्रम गरि २१ औ बार्षिकोत्सव मनाउने निर्णय गरेको एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले जानकारी दिनुभयो ।

पहिलो दिन कार्तिक २५ गते मानव सेवा आश्रमलाई सहयोग, दोस्रो दिन २६ गते रेडियो बिगत, बर्तमान र भविश्य बिषयक अन्तरक्रिया तथा तेस्रो एवँ मुख्य दिन सम्मान सहित मुल समारोह गरिने शर्माले बताउनुभयो ।

दोस्रो दिन कार्तिक २६ गतेको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु हुने र प्रदेश रजिष्ट्रार बिमला भण्डारीको पनि उपस्थिती रहने शर्माले जानकारी दिनुभयो । एफएमले स्थापना कालदेखि नै बार्षिकोत्सवको अवसरमा बिभिन्न रचनात्मक, समाजिक, साँस्कृतिक, सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ ।

  • २०८२ कार्तिक २४, सोमबार