• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

एमाले महाधिवेशन विशेष : प्रतिनिधिमा बागलुङबाट प्रेस चौतारीका केन्द्रीय सदस्य पन्त सर्वसम्मत

बागलुङ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पर्वत जिल्ला इन्चार्ज सिर्जना पन्त सर्वसम्मत प्रतिनिधि चयन हुनु भएको छ ।

निर्वाचन क्षेत्र समन्वय कमिटिले बिहीवार शुरु गरेको प्रतिनिधि छनोट प्रक्रिया अन्तरगत कार्यदल बनाएर जिम्मेवारी दिइएकोमा कार्यदलले शुक्रवार सांझ पन्त सहित ७ जनालाई प्रतिनिधि चयन गरेको हो ।

बागलुङ क्षेत्र नं. १ बाट खुल्लातर्फ जिल्ला अध्यक्ष हिरा बहादुर केसी, सचिव गणेश बहादुर थापा र प्रदेश कमिटि सदस्य लाल बहादुर थापा, महिलातर्फ प्रदेश कमिटि सदस्य ममतादेवी शर्मा र जिल्ला सचिवालय सदस्य सरस्वती खड्का परियार तथा दलिततर्फ जिल्ला उपसचिव धन बहादुर परियार चयन भएको एमालेले जनाएको छ ।

बागलुङ क्षेत्र नं. २ बाट ४ जना छनोट भइसकेका छन् । दुवै क्षेत्रबाट ११ जना भुगोलबाट, ८ जना केन्द्रीय सदस्य स्वत प्रतिनिधि चयन भएसंगै १९ जना प्रतिनिधि बागलुङबाट महाधिवेशनमा सहभागी हुने भएका छन् ।