• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

पर्वत समाज कतारको वार्षिकोत्सव तथा साधारणसभा सांस्कृतिक कार्यक्रम सहित हुने

दोहा, कतार । पर्वत समाज कतारको २३ औँ वार्षिकोत्सव तथा सधारणसभा विविध सांस्कृतिक कार्यक्रम सहित मनाइने भएको छ ।

‘निस्वार्थ सेवामा हाम्रो पर्वत, राम्रो पर्वत भन्ने मूल नाराका साथ सन् २००३मा स्थापित समाजले डिसेम्बर १२ तारिकका दिन फुलबारी रेस्टुरेन्ट सनैयामा कार्यक्रमको आयोजना गरेको समाजका सचिव सेवक विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि नेपालदेखि वरिष्ठ लोकदोहोरी सर्जक, गायक बुद्धिराम शर्मा र सारेगमा लिल च्याम्पका फाइनलिस्ट अरुण सुनार कतार जानु हुने भएको छ ।

कार्यक्रममा कतारमै रहेका नेपाली कलाकारहरुले समेत प्रस्तुती दिने कार्यक्रम संयोजक टिकाराम भुषालले जानकारी दिनुभयो ।

कार्यक्रममा दोहोरी गायीका लक्ष्मी कार्की, गायक नयन शर्मा, राजन परियार, नारायण देवकोटा, रेश्मी सेञ्चुरी, तारा बि.सी, देब घिमिरे, गुना मगर, सोम विश्वकर्मा, संगित वि.सी, हास्य कलाकार सुरज खनाल, नृत्य कलाकार गंगा बिसी, जमुना बिसी, सृजना खनाल र गायक पुकार थापाको साँस्कृतीक प्रस्तुती रहने सांस्कृतिक संयोजक कृष्ण दर्लामीले जानकारी दिनुभयो ।