बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा हरेको जनमत माध्यामिक विद्यालयको ४५औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
बार्षिकोत्सवको मुख्य समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य भुमिका नै समुदायको रहेको बताउनु भएको छ । उहाँले शिक्षक अभिभावकको सहकार्यमा विद्यालयको शैक्षिक विकास सम्भव रहेको बताउनु भयो । उहाँले विद्यार्थीलाई पढ्ने वातावरण विद्यालयमा मात्र नभएर घरमा पनि अभिभावकले मिलाउनुपर्ने बताउनु भयो ।
श्रेष्ठले बागलुङ नगरपालिकालाई देश तथा अन्तराष्ट्रिय सम्म चिनाउनका लागि साना साना विद्यार्थीहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयमा अब आवमसीय सहितको अवधारणा ल्याउनुपर्ने बताएका जोड दिनुभयो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले सामुदायिक विद्यालयको विकासका निम्ती अभिभावको सक्रियता आवश्यक रहेको बताउनु भयो । उहाँले विद्यालयको हरेक गतिविधिका बारेमा आम अभिभावकले चासो दिएमा मात्र शैक्षिक स्तरमा निखारता आउने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका मावि संरक्षक एवं गण्डकी प्रदेश सरकार आर्थिक मामिला मत्रालयका उपसिचव डिल्लीराम रिजाल, बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, गणेश मावि नारायणस्थानका प्रध्यानाध्यापक एकनाथ रिजाल, भुपू सैनिक संघ पैयुँपाटाका अध्यक्ष रेशमबहादु खत्री, विद्यालयका संस्थापक प्रध्यानाध्यापक नरप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भवानी प्रसाद रिजाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त पौडेलले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयलाई विभिन्न स्तरबाट सहयोग गर्ने सिगाना माविका पूर्व प्रध्यानाध्यापक गोपाल कुमार शर्मा, त्रिभुवन माविका पूर्व प्रध्यानाध्यापक चुडामणी शर्मा पौडेललाई सम्मान गरिएको थियो । यसका साथै विद्यालयलामा सहयोग गर्ने दाता, विद्यार्थी, शिक्षक लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । विद्यालयमा हाल १८६ जना विद्यार्थी रहेका छन । बालविकास देखी कक्षा १० सम्म संचालन गरिएको विद्यालय यस वषै शैक्षिक बुलेटिन समेत प्रकाशन गरेको छ ।
बुलेटिनमा हाल सम्म विद्यालयलाई विभिन्न तहमा सहयोग गर्ने सहयोग दाताको विवरण उल्लेख गरिएको विद्यालयका प्रधानध्यापक पौडेलले जानकारी दिनुभयो । कक्षा १० सम्म नै अंग्रेजी माध्ययमबाट पठनपाठन हुने विद्यालयमा आगामी दिनमा कक्षा ११, १२ पनि संचालन गर्ने योजना बनाएको छ । विद्यालयले हरेक वर्ष उत्कृष्ट शिक्षकलाई पनि सम्मान गर्दै आएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुदका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद रिजालको अध्यक्ष अध्यक्षता शिक्षक टिकाराम थापा र विद्यार्थी समिक्षा रिजालको स्वागत र शिक्षक परशुराम रिजाल र ठाकुर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
