• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

स्वास्थ्यमन्त्री पाठकद्वारा गलकोट नगर अस्पताललाई एक्सरे मेसिन

बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले बागलुङको गलकोट नगर अस्पताललाई एक्सरे मेसिन हस्तान्तरण गर्नु भएको छ ।

बिहीबार अस्पतालमै पुगेर स्वास्थ्यमन्त्री पाठकले ७ लाख बराबरको एक्सरे मेसिन हस्तान्तरण गरेको विशेषज्ञ डा. राजेश पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री पाठकले गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल न्यूरेलाई एक्सरे मेसिन हस्तान्तरण गर्नु भएको थियो ।

नगरपालिकाले समेत ठुलो लगानी नगेको नगर अस्पतालमा उपचारका लागि आउने विरामीलाई एक्सरे गर्नका लागि मात्र रेफर गर्नु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि मेसिन हस्तान्तरण गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिनुभयो ।

भिडियो एक्सरे, अल्ट्रसाउन्ड, ल्याब, फिजियोथेरापी, आँखा उपचार केन्द्र, ओपीडी, सुत्केरी सेवासहित पोस्टमार्टम सेवा समेत प्रवाह हुँदै आएको अस्पतालमा एक्सरे सेवा थपिए पछि सेवाग्राहीलाई सहज हुने अस्पतालका विशेषज्ञ डा. पौडेलले बताउनु भयो ।

स्वास्थ्यमन्त्री पाठकललाई स्वास्थ्यकर्मी र नगरपालिकाबाट समेत अस्पतालको आवश्यकताको बारेमा जानकारी गराएको र मन्त्री पाठकले जनगुनासो, अस्पताल र नगरको आवश्यकता बमोजम मेसिन उपलब्ध गराएको भन्दै नगर उपप्रमुख न्यूरे र अस्पतालका विशेषज्ञ डा. पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

स्वास्थ्यमन्त्री पाठकले गलकोट नगर अस्पतालले गरेको सेवा प्रवाह र यहाँका सेवाग्रहीको आवश्यकताको आधारमा जनशत्तिसँगै औजार उपकरण समेत उपलब्ध गराई रहेको बताउनु भयो ।

उहाँले अस्पतालको भौतिक संरचनासँगै थप सेवा विस्तारमा समेत गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय सकरात्मक रहेको बताउनु भयो ।