• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा कार्की

आदर्श सञ्चार, बागलुङ

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको अध्यक्षमा खिम बहादुर कार्की निर्वाचित हुनु भएको छ ।

संघको १७ औं वार्षिक साधारणसभाबाट कार्कीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र डिल बहादुर केसी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माले जानकारी दिनुभयो ।

सञ्चालक समितिको उपाध्यक्षमा पिंगला खड्का जिसी, सचिवमा गणेश नेपाली, कोषाध्यक्षमा पूर्ण प्रकाश पौडेल तथा सञ्चालक सदस्यहरुमा गगन बहादुर पुन, जगन्नाथ सापकोटा, शिव कुमारी खत्री, तिलक खड्का र मनुदेवी गुरुङ निर्वाचित हुनु भएको छ । लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा थानेश्वर सुवेदी र सरिता अधिकारी पन्त निर्वाचिन हुनु भएको छ ।

साधारणसभाको बन्दसत्र र उमेदवारहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि गठित कार्यदलसंगको परामर्शमा निर्वाचन समितिले सर्वसम्मत निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको घोषणा गरेको हो । नव निर्वाचित समितिलाई निवर्तमान अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले सहकारीको भावना, जिल्ला सहकारी संघको कार्यदेश अनुसार सबैसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।