• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

काठेखोला सामाजिक उद्यमी महिला सहकारीको साधारणसभा सम्पन्न

बागलुङ । काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बागलुङको १४औँ वर्षिक साधारणसभा सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ गहतेमा कार्यलय रहेको सहकारीको साधारणसभाको जेष्ठ शेयर सदस्य विष्णुमाया पन्तले उद्घाटन गर्नु भएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै पन्तले सहकारीले ग्रामिण महिलाको उन्नती र प्रगतिका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको थियो ।

साधारणसभामा शेयर सदस्य लक्ष्मी खड्का, सीता खत्री र अम्बिका जि.सीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभा सहकारीका अध्यक्ष सरिता अधिकारीको अध्यक्षता, उपाध्यक्ष सीता शर्माको स्वागत तथा सचिव मञ्जु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।