• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

दुई प्रतिनिधिसभा सदस्यमा २३ जना मैदानमा

  • २०८२ माघ ८, बिहीबार

बागलुङ । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ जना चुनावी मैदानमा होमिएका छन् । बागलुङबाट प्रतिनिधिसभाको दुई पदका लागि २३ जना चुनावमा होमिएको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ । यस पटक एउटा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नेको संख्या शुन्य रहेको छ । चुनावी मैदानमा उत्रेका २३ जनानै राजनैतिक दलबाट टिकट पाएर चुनावी मैदानमा उत्रका हुन् । बागलुङ क्षेत्र नम्बर एकमा ११ दलका ११ जनाले उम्मेदवारी दिएका छन् भने बागलुङ क्षेत्र नम्बर २ मा १२ दलका १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं. १ मा नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्ण प्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मन्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्क बहादुर पुन, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै प्रगतिशील लोकतान्त्रीक पार्टीका पदम कुवँर, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशन बाट जुन बहादुर थापा मगर,जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ति र नेशनल रिपब्लिक पार्टीका नर बहादुर बुढाले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत भिम प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

 

  • २०८२ माघ ८, बिहीबार