• २०८३ कार्तिक ४, मंगलवार
  • 2026 October 20, Tuesday

हल्लनचोकमा सिक्रि लुट्ने दुई पक्राउ

  • २०८३ कार्तिक ४, मंगलवार

बागलुङ । बागलुङ नगरपालिका–२, हल्लनचोकमा ७० वर्षीया कृष्ण माया पुनको घाँटीबाट सुनको सिक्रि लुट्ने दुईजना पक्राउ परेकाछन् ।

रु. आठ लाख मूल्य बराबरको २.७८ तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेका पर्सा वीरगन्ज महानगरपालिका–२० बस्ने १९ वर्षीय रविनकुमार यादव र १८ वर्षीय प्रकाश राय यादवलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट उक्त सुनको सिक्री बरामद गरी बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

  • २०८३ कार्तिक ४, मंगलवार