बागलुङ । पछिल्लो समय लोप हुँदै गएको चर्खेपिङ सिगाना गाउँमा भने तीन वर्ष यता निरन्तरता पाएको छ ।
बागलुङ नगरपालिका–८ सिगानामा बडादसैँको अवसरमा बनाइएको परम्परागत चर्खेपिङले दसैंको रौनकता थपेको छ ।
बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकदेखि लोप भएको चर्खेपिङ व्यक्तिगत पहलमा संरक्षण गरिएको हो ।
खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै चर्खेपिङ हाल्दै लोप भएको परम्पराजगेर्ना गर्नु भएको मात्रै छैन रौनकता थपेको छ ।
हराएको चर्खेपिङ हालेपछि सिगाना र तित्याङमा रौनकता थपेको स्थानीय रन्जित कार्कीले जानकारी दिनुभयो ।
पछिल्लो समय लिङ्गेपिङ, चर्खेपिङ लोप भईसकेको अवस्थामा सिगानामा हालिएको चर्खेपिङले परम्पराको जगेर्ना र दसैंमा पिङ खेल्नेपरम्पराले निरन्तरता पाएको छ ।