बागलुङ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा बागलुङका नेता सागर परियार विजयी हुनु भएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फबाट परियार केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।
कांग्रेसको दलित क्लस्टरतर्फका केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक हुँदा परियारसहित आठ जना निर्वाचित भएका छन् । उक्त समूहमा आठ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
बागलुङका कांग्रेस नेता परियार पूर्व विद्यार्थी नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहेका परियारको केन्द्रीय कार्यसमितिमा प्रवेशसँगै बागलुङको कांग्रेस राजनीतिमा जिल्लाको प्रतिनिधित्व थपिएको छ ।
दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टीको समावेशी संरचनाअन्तर्गत भएको निर्वाचनमा परियारले केन्द्रीय सदस्यमा स्थान बनाएका हुन् । परियारको विजयलाई बागलुङको कांग्रेस संगठनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
दलित क्लस्टरतर्फ डा। डीबी सुनार, सागर परियार, हरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्मरबहादुर बराइली र दीपक सोनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।