बागलुङ । दशैं र तिहार पछिल्लो केही वर्ष यता बागलुङ जिल्ला पर्यटनको सिजन बन्दै आएको थियो ।
कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न जाने पर्यटकहरुले हाटलहरु भरिभराउ हुँने समयमा बागलुङका होटल यतिबेला सुनसान छन् । बागलुङ बजारमा समेत खासै चहलपहल देखिदैन । जिल्ला भित्रने मुख्य नाकको रुपमा रहेको मालढुङ्गा पुलको पहुँच मार्गमा क्षति पुग्दा १४ दिनदेखि ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ ।
बागलुङलाई सडक संग जोडने मुख्य नाकामै रहेको मापलढुङ्गा पुल १४ दिनदेखि सञ्चालनमा आउन नसक्दा प्रत्यक्ष असर व्यापार र पर्यटनमा परिरहेको छ । सडक सञ्जालको पहुँच, प्रचार प्रसार, थपिदै गएका पर्यटन पूर्वाधारका कारण पर्यटन क्षेत्रको विकासमा बागलुङ, म्याग्दी र मुस्ताङले फड्को मार्दै गएकोमा मालढुङ्गा पुल र कालीगण्डकको तटीसय सडकले समस्या बनाएको हो ।
असोज ११ गते मालढुङ्गामा आएको बाढीले मालढुङ्गाको पर्वत खण्डको पहुँचमार्ग बगाएपछि ठप्प बनेको यातायातले बागलुङको पर्यटन, स्वास्थ्य सेवा, व्यापार चौपट बनाएको छ । विरामीहरु पैदलयात्रा गरेर उपचारका लागि पोखरा पुग्नुपर्ने बाध्यता रहेको छ ।
दशैंको मुखमा भरिभराउ हुने होटलहरु यतिबेला सुनसान बनेको पर्यटन व्यवसायी एन्जील शाक्यले बताउनभुयो । “मुख्य सडकनै छैन, पर्यटन कसरी आउने, मुस्ताङ संग सडक सम्पर्क नै बिच्छेद छ, मुस्ताङको प्रभावले समेत चलायमान हुन्थ्यो बागलुङ” शाक्यले भन्नुभयो “पुल सञ्चालनमा जति ठिलो हुन्छ, होटल व्यवसाय त्यति मारमा पर्दछ, पर्यटकहरु बैकल्पि मार्ग भएर कमै आउछन्, मुस्ताङजाने सडक नखुल्दा सम्म होटल व्यवसायीमा ठूलो नोक्सानी हुन्छ ।”
भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाड हुँदै गएको मध्यपहाडी लोकमार्गको समेत महत्वपूर्ण संगमस्थल भएकाले उक्त पुल राष्ट्रिय प्राथमिकताका साथ मर्मत हुनुपर्ने भएपछि पुल मर्मतमै १२ पुरा हुँदा समेत पुल मर्मत सम्पन्न नभएको हो ।
बैकल्पिक मार्गले महङ्गो भयो भान्सा
सडक बन्द भएपछि अहिले बैकल्पिक मार्गको प्रयोगबाट आयात निर्यात भइरहेको छ । जुन दशैंको मुखमा खाद्यन्न देखि रङ्ग रोगन सम्म प्रयाप्त छैन । पर्वत जिल्लाको फलेवास हुँदै बलेवा भएर बागलुङ र मालढुङ्गा–बेनी हुँदै बागलुङमा यात्रुबाहक बस तथा साना ढुवानीका ट्रकहरु सञ्चालनमा आएका छन् ।
लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा थप समय र खर्च लाग्ने भएकाले सामानको मूल्यसमेत बढ्न थालेको व्यवसायीहरूको भनाइ छ । ग्यासको मुल्यमा १५० देखि १७० अतिरिक्त ढुवानी शुल्क लागेपछि ग्यासको मुल्यमा एक सय बढाएर बजारमा ग्यास बिक्री भइरहेको ग्यास विक्रेता हरी आचार्यले बताउनुभयो ।
समयमै आपूर्ती नहुँदा बागलुङमा तरकारीको समेत अभाव भएको छ । पेट्रोलियम पदार्थ, खाद्यन्न, लत्ताकपडा लगायत उपभोग्य बस्तुहरुको माग अनुसार आपूर्ती हुन नसकेको हो । बागलुङमा पुल बन्द हुँदाकै दिन पेट्रोलपम्पमा लाईन लागको थियो । पछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थको ढुवानी भइरहेको छ ।
दशैंअघि पुल सञ्चालनमा आउछ : प्राविधिक
दशैं अघि पुल सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय पोखराले काम रात र दिनमा काम गरिरहेको छ । दशैंको मुखमा भएपछि सिधा यातायात सञ्चालनमा आउने पखाइएमा जनता रहेका छन् । ११४ मिटर लामो पुलको पहुँचमार्गको झण्डै ३० मिटर सडकमा क्षति पुगेपछि १४ दिनदेखि दुई जिल्लाबीचको सम्पर्क विच्छेद बनेको छ भने मध्यपहाडी लोकमार्ग हँँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सुत्रसमेत टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले दिउँसो र राति दुवै समयमा मजदुर परिचालन गरी पुल मर्मत कार्य गरिरहेको जनाएको छ । डिभिजन प्रमुख कृष्णराज अधिकारीले चाडवाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४ सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
