• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

कांग्रेस महाधिवेशन :  बागलुङका काउचा र श्रीस जनजातितर्फ केन्द्रीय सदस्य विजयी

  • २०८३ आश्विन २८, बुधबार

 

बागलुङ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा बागलुङका दुई नेता रेणुका काउचा मगर र भीम श्रीस मगर विजयी हुनु भएको छ । कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फ महिला र खुला समूहबाट काउचा र श्रीस केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति महिलातर्फ रेणुका काउचा मगर र खुलातर्फ भीम श्रीस मगर केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । दुवै जना बागलुङका कांग्रेस नेता हुन् । काउचा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो । श्रीस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो ।

निर्वाचन परिणामअनुसार काउचा मगरले २ हजार ३ सय ९२ मत प्राप्त गर्दै आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । यस समूहबाट ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठ जना निर्वाचित भएका छन् । त्यस्तै, आदिवासी जनजाति खुलातर्फ भीम श्रीस मगरले २ हजार ४६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । खुलातर्फ ४१ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा १२ जना निर्वाचित भएका छन् ।

  • २०८३ आश्विन २८, बुधबार