• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

गलकोट ताराखोला सिधा यातायात सञ्चालन

ताराखोलाको बाढीले अवरूद्व गलकोट ताराखोला सडक दुई हप्तामा सुचारू भएको छ ।

गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक असोज ११ गतेदेखि अवरूद्व भएको थियो । गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायीरूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर बिकले बताउनुभयो । दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पु¥याएको थियो ।

बाढीले सडकको ट्र्याक नै बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्क विच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।

सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।