• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

१५ दिनपछि सञ्चालनमा आयो मालढुङ्गा पुल

  • २०८३ आश्विन २६, सोमबार

१५ दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा पुगेको छ ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अबरूद्व बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ ।

३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनस्निर्माण सम्पन्न गरी सोमबार बिहान १० बजेबाट सवारीसाधन वारपार गर्न थालेको ईन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।

मध्पहाडीलोकमार्ग र कालीगण्डकी करिडोरको संगमस्थलको रूपमा रहेको मालढुङ्गा पुलले बागलुङ सहित पुर्वि रूकुम लगायतका जिल्लालाई जोडेको छ ।

दशैंको मुखमा सडक बन्द हुँदा बागलुङका नागरिकले सास्ती भोग्नु परेको थियो । पुल सञ्चानमा आएसंगै बागलुङको पर्यटन र व्यापार फस्ठाउने अपेक्षा छ ।

  • २०८३ आश्विन २६, सोमबार