• २०८३ आश्विन २९, बिहीबार
  • 2026 October 15, Thursday

सशस्त्र प्रहरीद्वारा तमानखोलाका १५ परिवारलाई राहत

  • २०८३ आश्विन २९, बिहीबार

बागलुङ । तमानखोला गाउँपालिकाका विपद् प्रभावित १५ घरपरिवारलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङले राहत सामग्री वितरण गरेको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट प्राप्त खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पदम सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढा र वडा नं. ३ का अध्यक्ष झकबहादुर बुढाको रोहवरमा वडा नं. ३ का छ घरपरिवारलाई राहत वितरण गरिएको थियो । त्यसैगरी, वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीको रोहवरमा उक्त वडाका नौ घरपरिवारलाई राहत उपलब्ध गराइएको सशस्त्र प्रहरी बलले जनाएको छ । १५ कार्टुन खाद्यन्न सामाजिक उत्तरदायित्व अन्र्तगत उपलव्ध गराइएको हो ।

प्रभावित परिवारलाई चामल, पिठो, चिनी, चिया, खजुर, पास्ता, तेल, नुन, मह, चना, फाभा, मसला, नुडल सुपलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको थियो ।

विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा उपभोग्य सामग्री उपलब्ध गराई दैनिक जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले राहत वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २०८३ आश्विन २९, बिहीबार