• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि पर्पल हेज एभीएमलाई

बागलुङ

बागलुङ एकता क्लबको आयोजनामा भएको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को उपाधि पर्पल हेज एभीएमले जितेको छ ।

क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा प्रतिस्पधी संकल्प पुर्नस्थापना केन्द्रलाई २ का बिरुद्ध ३ गोलले पराजित गर्दै पर्पलले उपाधि जितको हो ।

११ टिमको सहभागीता रहेको प्रतियोगिताको उपाधिका लागि पर्पल हेज एभीएमका अभिषेक केसी, सविन नेपाली र अन्तिम तथा निर्णायक गोल अंकित जिसीले गर्नु भएको थियो । संकल्पका लागि सन्दिप मल्ल र सनिस श्रेष्ठले गोल गर्नु भएको थियो । दोस्रो स्मृति रनिङ शिल्डमा उपविजेता बनेको संकल्प यस पटक पनि उपविजेता बनेको छ । माघ १३ गतेदेखी बागलुङ नगरपालिका–१ स्थित बंगचौर खेलमैदानमा संचालन भएको प्रतियोगिताको विजेता टिम पर्पलले दुई लाख नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको टिम संकल्पले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष साहिल खड्काले बताउनुभयो । त्यस्तै, सेमिफाइनलमा पराजित रुद्रेपिपल युवा क्लव र आयोजनक बागलुङ युनिटी बिले नगद २०/२० हजार प्राप्त गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीको रुपमा पर्पलका निशान थापा, सर्वाधिक गोलकर्तामा पर्पलकै अभिषेक केसी, उत्कृष्ट गोलरक्षकमा पर्पल कै सन्दिप क्षेत्री र बेष्ट डिफेन्डरमा संकल्पका सनिस श्रेष्ठ पुरस्कृत हुनु भएको छ । प्रतियोगिताका बिजेता टिम तथा खेलाडिलाई नगरप्रमुख बसन्तकुमार श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

क्लवले दिवंगत सदस्यहरु सुशिल केसी, सुनिल पुन, नविन पुन, सागर शर्मा, दिपक बस्नेत, बिवेक श्रेष्ठ, क्षितिज श्रेष्ठ, सुनिल केसी, अशिष खत्री र जित घर्तीको सम्झनामा प्रतियोगिता संचालन गर्दै आएको क्लबका सचिव रमेश भण्डारीले जानकारी दिनुभयो ।