• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

एमाले उम्मेदवार केसीद्वारा सम्पर्क कार्यालय शुभारम्भ

बागलुङ । नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ ।

आइतबार उम्मेदवार हिरा केसीले रिवन काटेर सम्पर्क कार्यालय स्थापना भएको सन्देश दिदै फागुन २१ गते हुने निर्वाचन र आफ्नो विषयमा जो कोहीसँग पनि सल्लाह, सुझाव वा मार्गदर्शन छन् भए सम्पर्क कार्यालयमा आएर अनुरोध गर्नु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ लोकतान्त्रीक चोकमा सम्पर्क कार्यालय स्थापना गरेको हो । उम्मेदवार केसीले एक साता पहिलेदेखिनै मतदाता भेट्न घरदैलो अभियान थालिसकेको भन्दै थप सल्लाह सुझाव भए सम्पर्क कार्यालयमा पनि आउन सकिने बताउनु भयो ।

उहाँले आफु वर्षाैदेखि जनताकै सेवामा अनवरत खटिरहे पनि जनताबाट अनुमोदित भएर अझै सम्वृद्ध राष्ट्र निर्माणको अभियानमा अगाडी बढ्नका लागि उम्मेदवारको रुपमा आएको बताउनु भएको थियो ।

सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज मनकुमारी केसी, केन्द्रीय सदस्य डाक्टर सुर्य पाठक, सावित्रा राना र नेकपा एमालेका प्रभावशाली नेता पूर्व केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले शुभकामना व्यक्त गर्दै इमान्दार, शालिन र युवा नेता हिरा केसीलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नु भएको थियो ।
कार्यक्रम नेकपा एमाले बागलुङका सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।