• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

जैमिनीको पैयूँमा एमाले उम्मेदवार हिरा केसीको चुनावी सभा

  • २०८२ फाल्गुन ७, बिहीबार

बागलुङ । नेकपा एमालेका तर्फबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ–१ का उम्मेदवार हिराबहादुर केसीले शुसानका निमित्त आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।
बुधबार निर्वाचन परिचालन कमिटी जैमिनी नगरपालिका–९ ले पैयूँमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले यस्तो बताउनु भएको हो ।

उहाँले सस्तो र गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, र भ्रष्टाचारमुक्त प्रशासनले मात्र समाजलाई समृद्ध बनाउने भन्दै आफ्नो तीन दशक लामो राजनीतिक, सामाजिक योगदान र अनुभव प्रतक्ष रुपमा देश र जनताको हितमा लगाउन जनताबाटै अनुमोदित हुन उम्मेदवार बनेको बताउनु भएको थियो ।

उम्मेदवार केसीले सडक, रोजगारी र उत्पादनमा लगानी गर्दै, सामाजिक न्याय र शान्ति कायम गर्दै बागलुङलाई आधुनिक र आत्मनिर्भर बनाउन जनताको साथ र मत दुवै चाहिने भन्दै सुशासन, पारदर्शिता र जवाफदेहिता आफ्नो अठोट रहेको बताउनु भएको थियो । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य पाठक र लिला थापाले समृद्ध बागलुङ र सशक्त समाज निर्माणका लागि एमालेका उम्मेदवार हिराबहादुर केसीलाई सुर्य चिन्हमा मतदान गरेर विजयी गराउन मतदातालाई आग्रह गर्नु भएको थियो ।

  • २०८२ फाल्गुन ७, बिहीबार