• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

केआईईसी बागलुङमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ

केआईईसी बागलुङद्वारा आयोजित अभिभावक अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा ५० भन्दा बढी विद्यार्थी तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी, अभिभावक तथा काउन्सेलरबीच सहकार्यलाई सुदृढ बनाउँदै गुणस्तरीय शिक्षा तथा वैदेशिक अध्ययनका अवसरबारे स्पष्ट र विश्वसनीय जानकारी प्रदान गर्नु रहेको थियो । कार्यक्रममा वैदेशिक अध्ययनका लागि सही योजना, पारदर्शी प्रक्रिया तथा उचित मार्गदर्शनको महत्वबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै केआईईसी बागलुङका प्रबन्ध निर्देशक सन्तोष पौडेलले केआईईसी सदैव विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र उज्ज्वल अन्तर्राष्ट्रिय भविष्यतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यार्थी भिसा आवेदन प्रक्रियामा सही परामर्श र नैतिक अभ्यास अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, काउन्सेलर दिपेन्द्र पराजुलीले विषय छनोट, विश्वविद्यालय आवेदन प्रक्रिया, आवश्यक कागजात तयारी तथा भिसा प्रक्रियाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले विद्यार्थीको शैक्षिक योजना निर्माणमा अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, केआईईसी पोखराका निर्देशक विरेन्द्र गुरुङले नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दो अवसरबारे प्रकाश पार्दै केआईईसीले पारदर्शिता, विश्वसनीयता र व्यावसायिकतासहित सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीहरूले यस्ता कार्यक्रमले वैदेशिक अध्ययनसम्बन्धी स्पष्टता र विश्वास बढाउने विश्वास व्यक्त गरेका छन् । केआईईसी बागलुङद्वारा अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, क्यानडा, अमेरिका, कोरिया, जापान, जर्मनी, नेदरल्याण्ड लगायत देशहरुका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

केआईईसी बागलुङले आगामी दिनहरूमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा तथा उज्ज्वल अन्तर्राष्ट्रिय सम्भावनातर्फ डोर्‍याउने उद्देश्यसहित यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।