• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बागलुङ–१ मा प्रलोपाका सापकोटाले त्यागे उम्मेदवारी

  • २०८२ फाल्गुन १८, सोमबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर एकमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार चित्र प्रसाद सापकोटाले आफ्नो उम्मेदवारी निष्क्रिय गराउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सापकोटाले आफ्नो उम्मेदवारी निष्क्रिय रहेको एक प्रेस विज्ञप्ती जारी गर्दै जनाइएको छ ।

चुनावी प्रचार–प्रसारको क्रममा मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फका उम्मेदवार चित्र प्रसाद सापकोटाको उम्मेदवारी निष्क्रिय गरिएको बताउदै समानुपातिकतर्फ भने पार्टीको चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्न विज्ञप्ती मार्फत जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो ।

पार्टीले लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन तथा समृद्ध राष्ट्र निर्माणका लागि मतदातालाई आफ्नो विवेक प्रयोग गरी मतदान गर्न अपिल गरेको छ ।

  • २०८२ फाल्गुन १८, सोमबार