• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ–१ मा मतगणना शुरु

  • २०८२ फाल्गुन २२, शुक्रबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनामा शुरु भएको छ । बागलुङ क्षेत्र नम्बर एकको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको छ ।

आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनैतिक दलहरुको माग भएका कारण दिउँसो १ः१५ बजेबाट मतगणना शुरु भएको छ ।

प्रत्येक मतदानस्थलको अलग–अलग मत गणना गर्न थालिएको हो । बागलुङ नगरपालिका–१ र काठेखोला गाउँपालिका–१ नम्बर वडाबाट मतगणना गर्न थालिएको हो । मतगणना दुई स्थानमा थालिएको छ ।

राजनैतिक दलका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृतको कार्यालयबीच सहमती जुटेपछि मतदानस्थलको छुट्टाछुट्टै मतगणनामा गर्न थालिएको हो ।

मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले मतपेटिका खनाएर मतगणना शुरु गर्नुभएको थियो ।

  • २०८२ फाल्गुन २२, शुक्रबार