• २०८३ आश्विन २९, बिहीबार
  • 2026 October 15, Thursday

बागलुङ–१ मतगणना :  रास्वपाका खड्काको शुरुवाती अग्रता

  • २०८२ फाल्गुन २२, शुक्रबार

बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

काठेखोला गाउँपालिका–१ र बागलुङ नगरपालिका–१ को जम्मा दुई हजार २५५ मत गन्दा रास्वपाको अग्रता देखिएको छ ।

मतगणनाको प्रारम्भिक नतिजा अनुसार रास्वपाका सुशिल खड्काले शुरुवाती अग्रता लिनुभएको छ । खड्काले एक हजार १३८ मत ल्याउदा नेपाली कांग्रेसका भीस श्रीसले ५२५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमालेका हिरा बहादुर केसीले ३४६ मत प्राप्त गर्नुभएको छ । यस्तै राजमोको कृष्ण अधिकारीले ९१ मत र राप्रपाका कल्याण विक्रम आचार्यले १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ । मत गणना दिउँसो १ः१५ बजेबाट शुरु भएको छ ।

बागलुङ नगरपालिका–१ र काठेखोला गाउँपालिका–१ नम्बर वडाबाट मतगणना गर्न थालिएको हो । मतगणना दुई स्थानमा थालिएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

  • २०८२ फाल्गुन २२, शुक्रबार