बागलुङ । बागलुङ को ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाउन थालिएको छ । नगरका नौ वटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ ।
लागि आवश्यक खोप र जनशक्ती दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो ।
ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिननै चार हजार ६१७ जनालाई खोप लगाइएको छ । छुटेका बालबालिका र किशोर किशोरीलाई पुन विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोपलगाइने छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् ।
दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरेर उपचार समेत भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखी १९ बर्ष उमेर समुहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गरिएको हो । यस्तै उपचारमा सम्लग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुरा बिरुद्धको खोप लगाइने छ ।
खोप अभियान चैत्र १ गते सम्म सञ्चालन गरिने छ । जस्का लागि अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत झिकाइएको छ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले समेत सघाएका थिए । फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टी भएको थियो । त्यस यता थप पाँच जनामा संक्रमण पुष्टी भएपनि अन्यलाई लक्ष्यण देखिएकाले नियन्त्रणका लागि खोप लगाइएको हो ।
दादुरा संक्रमण नियन्त्रणका लागि खोपनै सबैभन्दा उत्तम उपाए भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समुहका सबैलाई खोप लगाइने छ ।
