• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

सर्कुवामा रास्वपाको वडा अधिवेशन, अध्यक्षमा बसन्त

  • २०८२ फाल्गुन ३०, शनिबार

बागलुङ । प्रतिनिधिसभा निर्वाचन सकिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी गतिविधिलाई अगाडि बढाएको छ । पार्टी संगठनलाई थप सक्रिय बनाउने उद्देश्यका साथ बागलुङका विभिन्न वडाहरुमा भेला तथा अधिवेशन गर्ने कार्यक्रम सञ्चालन गरिएको रास्वपा बागलुङले जनाएको छ । संगठन निर्माण अभियान अन्तरगत शनिवार जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा वडा भेला सम्पन्न गरेको छ ।

भेलाले बसन्त शर्मा सभापति, होमनाथ शर्मा उपसभापति, विकास बस्याल सचिव, हरि नेपाली सहसचिव र सुमन शर्मा कोषाध्यक्ष रहेको वडा समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा लक्ष्मी पौडेल, कमल थापा, विक्रम पौडेल, खुमराज आचार्य, कुमारी नेपाली, जंग बहादुर क्षेत्री, याम बहादुर सार्की, चित्रा नेपाली, कौशिला क्षेत्री र सिता थापा गिरी रहनु भएको छ । समितिको सल्लाहकारमा ओमकार पौडेल, पुष्पराज पौडेल, होमनाथ पौडेल, बाबुराम पाध्या (आचार्य) र झलकराज पौडेल रहनु भएको छ ।

भेलामा वधाई तथा शुभकामना मन्तव्य रास्वपा क्षेत्रीय निर्वाचन समितिका सदस्य पुष्पा शर्माले गर्नु भएको थियो । कार्यक्रम सल्लाहकार बाबुराम पाध्या (आचार्य) को अध्यक्षता र सचिव विकास बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८२ फाल्गुन ३०, शनिबार