• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

नेपाल टेलिकमका कार्यकारी निर्देशकलाई सांसद शर्माको ध्यानाकर्षण

बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सोम शर्माले नेपाल टेलिकमकी कार्यकारी निर्देशक रिना डंगोललाई भेट्नु भएको छ ।

निर्वाचनका समयमा जनताको घरदैलो गर्दा बागलुङ–२ का टाकुरा र दुर्गम बस्तीमा मोबाईल नेटवर्क र इन्टरनेटको असुविधाका कारण आफुलाई सञ्चार गर्न कठिनाई भएको भन्दै वर्षाैदेखि सञ्चार र सूचनाको हकबाट बञ्चित त्यहाँका जनताको समस्या समधानका लागि पहल अगाडी बढाएको उहाँले बताउनु भएको छ ।

उहाँले कार्यकारी निर्देशक  डंगोललाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद शर्माले आफ्नो आग्रहअनुसारको काम तत्काल अघि बढिसकेको जानकारी गराउनु भएको छ ।