• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

यस्ता छन् बालेनका सारथी (सूचीसहित)

  • २०८२ चैत्र १३, शुक्रबार

काठमाण्डौ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आज आयोजिक एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १४ जना मन्त्रीलाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री बन्नुभएको छ ।

यसअघि आजै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शपथ लिनुभएको थियो । प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।

नवनियुक्त मन्त्रीहरु सूचीसहित

सुधन गुरुङ – गृह मन्त्रालय

स्वर्णिम वाग्ले – अर्थमन्त्री

शिशिर खनाल – परराष्ट्रमन्त्री

खड्गराज (गनेस) पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

दीपक साह – श्रम तथा रोजगारमन्त्री

सस्मित पोखरेल – शिक्षा तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री

प्रतिभा रावल – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री,

विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

गीता चौधरी – कृषि तथा सहकारी र वनमन्त्री

सोविता गौतम – कानून, न्याय तथा संसदीय मामिलामन्त्री

सीता वादी – महिला तथा बालबालिकामन्त्री

सुनिल लम्साल – भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री

निशा मेहता – स्वास्थ्य तथा खानेपानीमन्त्री

विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधिमन्त्री

  • २०८२ चैत्र १३, शुक्रबार