• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

प्रहरी चेकजाँचको क्रममा कालीगण्डकीमा फरालेका विकको अवस्था अज्ञात

पर्वत । प्रहरीको चेकजाँचको क्रममा कालीगण्डकीमा हाम फालेका पर्वतको जलजला गाउँपालिका ८ का २५ वर्षिय विशाल विक वेपत्ता भएका छन् ।

सोमबार साँझ ७ बजे पर्वतको कुश्मा नगरपालिका १ मालढुङ्गाको अस्थायी प्रहरी पोष्टको नियमित चेकजाँचको क्रममा विक भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन कुमार पट्टेलले बताउनु भयो ।

बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क५२४४ नम्बरको ट्रकमा सवार रहेका विक प्रहरीले जाँच गर्न थालेपछि भागेर कालीगण्डीमा हाम फालेको प्रहरीको भनाई छ । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरिक्षक पट्टेलले जानकारी दिनुभयो ।

विकका परिवारले प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको भन्दै सडक अवरुद्ध बनाएका छन् । रातको समयमा खोजिकार्यमा समस्या भएको भन्दै मंगलबार विहानदेखिनै जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टिमसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलिले कालीगण्डकीमा विकको खोजि तिव्र बनाएको उहाँले बताउनु भयो ।

ट्रकका चालकको समेत खोजि कार्य भइरहेको छ ।