• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

बागलुङमा चैत २३ देखि २८ सम्म जेसिज कप हुने

  • २०८२ चैत्र २०, शुक्रबार

बागलुङ । बागलुङमा जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । जेसिज जिल्ला शाखा बागलुङको आयोजनामा चौथो संस्करणको प्रतियोगिता सञ्चान गर्न लागिएको बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बागलुङ जेसिज अध्यक्ष अन्जिला श्रेष्ठका अनुसार गण्डकी प्रदेश स्तरमा खुला प्रतियोगिताका रूपमा जेसिज कप आयोजना गर्न लागिएको हो ।
चार वर्षदेखि जेसिजले २ लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ । चैत २३ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने फुटबल संयोजक शुभम राजभण्डारीले जानकारी दिए । १२ समुहको सहभागी हुने प्रतियोगिताको प्रथम हुनेले रु २ लाख, द्वितीयले १ लाख पुरस्कार पाउनेछन् । त्यसबाहेक उत्कृष्ट खेलाडी र टिमलाई पनि पुरस्कृत गरिने भएको छ । खेलमा नेपाली सेना र नेपाल प्रहरीको समुहपपनि सहभागी बन्दैछ । नेपाल फुटबल संघ एन्फाबाट समेत अनुमति लिएर खेल संचालन गरिन लागेको राजभण्डारीले जानकारी दिए ।

  • २०८२ चैत्र २०, शुक्रबार