• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

सरकारको निर्णय : हप्तामा दुइ दिन सार्वजनिक बिदा

बागलुङ । हप्तामा एक दिन सार्वजनिक बिदा हुँदै आएकोमा सरकारले दुइ दिन बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतवार बसेको वैठकले शनिवार र आइतवार बिदा दिने निर्णय गरेको हो । यसभन्दा पहिला शुक्रवार आधादिन र शनिवार पूरा दिन बिदा दिने गरिएको थियो ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा चैत २३ गतेदेखि लागु हुने गरी शनिवार र आइतवार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बिदा बाहेकका दिनमा विद्यालय बाहेक सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको पोखरेलको भनाइ छ ।