बागलुङ । बागलुङ नगरपालिका–५ मालिकाका कमल बहादुर केसी उमेरले ६८ वर्ष पुग्नुभयो । भारतमा नोकरीपश्चता गाउँ फर्कनुभएका केसी कृषिमा तल्लिन हुनुहुन्छ ।
२०५७ सालमै सुन्तलाको व्यवसायिक खेति गर्नुभएको केसी भारतमा २४ वर्ष सेकुरेटी गार्डको जागिर खाएर नेपाल फिर्ता आउनुभएको थियो ।
पाल्पाबाट सुन्तलाका ५०० सुन्तलाका बिरुवा १५ रोपनी जग्गामा लगाउनुभएका केसीले गाउँलेका कारण सुन्तलाका बिरुवा उखेलेर फालेको सुनाउनुभयो ।
“सुन्तलाका यति धेरै बिरुवा के गर्ने, खेतिपाती छोडेर फलफूलले मात्रै पेट भरिन्न भनेर घर परिवार र गाउँलेले गाली गरेपछि १५ रोपनी जग्गामा लगाएको सुन्तला खेति २०६० सालमा उखेलेर फालेको थिए” केसीले भन्नुभयो “२२ वर्षपछि पुन धानबारीको खेती मासेर सुन्तला लगाएको छु, दुईवटा पोखरीमा ग्रासकाप र सिल्भर जातको माछा पालेको छु भने ४५ रोपनी जग्गामा अलैचीखेती विस्तार गरेको छु ।”
पहिला सुन्तला लगाउदा उत्पादनलाई बजारीकरणको चिन्ता थियो, २०५७ सालमा सुन्तला लगाउदा धान फल्ने खेत मासेको भन्दै गाली खाएको स्मरण केसीले गर्दै अहिले गाउँकै अगुवा किसान भएको बताउनुहुन्छ ।
भारतमा लामो समय काम गरेको सुनाउदै भारतमा माछा खाने लतका कारण मालिकामा दुई वटा पोखरीमा माछापालन गर्दै आएको केसीले सुनाउनुभयो ।
“अहिले १४ रोपनी जग्गामा २४५ सुन्तलाका बिरुवा लगाएको छु, दुईवटा पोखरीमा माछा पाल्दै आएको छु, ४५ रोपनी जग्गा भाडामा लिएर अलैची खेती थालेकै ५ वर्ष भयो” केसीले भन्नुभयो “गत वर्ष तीन लाख अलैची र दुईलाख सुन्तलाबाट आम्दानी भएको थियो, अहिले लोकल कुखुरा, माछापालन, केरा लगायतका थप कृषिका कामलाई बढवा दिएको हु ।”
वडास्तरीय कृषि समितिका संयोजक भएर मालिकाका वडाभरका ४२ किसानलाई प्लाष्टिक टनेल, मिनिटेलर हलो, सिँचाई पाइप, सुन्तलाका बिरुवा अनुदान लगाएतका काममा सहायता गरेको केसीको भनाई छ । केसी पूर्व वडा सदस्य समेत हुनुहुन्छ ।
बम्बईको महाराष्ट्रमा सेकुरेटी गार्डमा काम गरेको सुनाउदै २०७० सालदेखि निरन्तर माछा पालन समेत गर्दै आएको केसीले सुनाउनुभयो ।
सामुहिक रुपमा अलैचीखेति गर्दै आउनुभएको केसीले १७ हजार मासिक भाडा तिरेर ४५ रोपनी जग्गामा अलैची उत्पादन गर्दै आएको बताउनुभयो ।
“कृषिमा अथाहा संभावना छ, अहिले लोकल कुखुराको र्फम तयार गरेको छु, सुन्तला र अलैचीखेतिबाट वार्षिक १२ लाख सम्म आम्दानी गर्ने लक्ष्यका साथ र्फम विस्तार गरेका छौं” उहाँले भन्नुभयो “मालिका वडा कार्यालयले कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, माछापालनमा सहयोग गरेको छ ।”
२०७४ सालमा मालिकाको वडासदस्यमा निर्वाचित केसीले जनप्रतिनिधिपछि पुन कृषिमा फर्केको बताउनुभयो । पोखराबाट माछाका भुरा लिएर आएको बाताउदै नगरपालिकाको सहयोगमा माछाका भुरा अनुदानमा लिएको बताउनुभयो । वार्षिक एक सय केजी माछा बिक्री गरेको केसीको भनाई छ ।
