• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

गलकोटका निर्माण व्यवसायीद्धारा एक हप्ता निर्माण कार्य बन्द गर्ने

बागलुङ । जिल्लाको गलकोट नगर भित्रका निर्माण व्यवसायीले निर्माणको काम अगाडि बढाउन नसक्ने जनाईएको छ ।

आईतवार निर्माण एवं हार्डवयर व्यवसायीहरुको भेलाले गलकोटमा भईरहेको निर्माणका कार्यहरुको बारेमा विभिन्न सामाजिक सञ्जाल मार्फत फैलाईएको भ्रामक समाचार र निर्माण व्यवसायी एवं उपभोक्ता समिति माथि फेसबुक पेजहरुबाट अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र, राष्ट्रिय सतर्कता केन्द्र, इलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिकाको कार्यालय साथै बागलुङका सरोकारवाला कार्यालय हरुलाई ट्याग गरी पोष्ट आउने र पछिल्लो पटक विभिन्न कार्यालय, उपभोक्ता समिति, लगायत व्यवसायहरु माथि मुद्धा दर्ता भएको भन्ने अपुष्ट समाचारको कारण गलकोट भित्र निर्माणाधिन विकास निर्माणका कार्यमा संलग्न व्यक्तिहरु त्रसित भएकाले निर्माणको काम अगाडि बढाउन नसक्ने जनाईएको छ ।

साथै उक्त विषयको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनको लागि इलाका प्रहरी कार्यालय गलकोट, र गलकोट नगरपालिकाको कार्यालयलाई आग्रह गर्ने र दोषी माथि कडा कार्वाही गर्नको लागि एक हप्ताको समय सिमा तोकिने र सो समय अवधिमा गलकोट नगरपालिका भित्र निर्माण कार्यहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

त्यस्तै हार्डवयर व्यसायीहरुले भेलाको निर्णयलाई समर्थन गर्दै सात दिन सम्म व्यक्तिगत तथा संघसंस्थाहरुमा सामाग्री विक्रि नगर्ने निर्णय गरेका छन् ।